दफा ४०३
मालसामान वा वस्तु दुरुस्त बुझाउनु पर्ने

(१) बहालमा लिने व्यक्तिले आफूले लिएको घर बहालबाट छाड्दा आफ्नो जिम्मामा रहेको मालसामान वावस्तु गन्ती गरी तथा घर सफा वा रङ्गरोगन गर्नु पर्ने भए सो समेत गरी घरधनीलाई दुरुस्तबुझाउनुपर्नेछ ।
(२) घर बहालमा लिने व्यक्तिले आफ्नो जिम्माको कुनै मालसामान वा वस्तु हराएमा वा हानि,नोक्सानीगरेमा त्यस्तो मालसामान वा वस्तु वा सो मालसामान वा वस्तुको प्रचलित मूल्य बमोजिमको रकमबहालमालिने व्यक्तिले घरधनीलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दैनिक प्रयोग गर्दा खिइने वा नष्ट हुनेमालसामानवा वस्तुको शोधभर्ना गर्न वा त्यस्तो मालसामान वा वस्तुको रकम दिन बहालमा लिने व्यक्तिबाध्यहुने छैन ।